बलात्कारलगायत जघन्य अपराधमा अपराधी पत्ता लगाउन तदारुकता नदेखाए पनि बाँच्नका निम्ति, परिवारको जिम्मेवारी बहनका लागि यौन पेसा गरिरहेका यौनकर्मी महिलामाथि भने प्रहरीले ‘बहादुरी’ देखाउँदै आएको छ ।
राजधानीका रत्नपार्क, काटेश्वर, बालाज्, कलंकीलगायत स्थानमा बस्दै आएका यौनकर्मी महिलामाथि प्रहरीले धरपकड मात्र गर्दै आएको छैन, बाटोमा जहाँ भेट्यो त्यही पक्राउ गर्दै आएको छ ।
बाटोमा आफन्तसँग हिँडिरहेका बेला, रेस्टुरेन्टमा खाजा खाइरहेका बेला, हस्पिटल जान लागेका बेला जतिबेला पायो त्यतिबेला र जहाँ पायो त्यहीँ प्रहरीले अपशब्द बोल्ने, काम छ एकछिन आऊ भन्ने र पक्राउ गर्ने गर्न थालेपछि यौकर्मी महिलाले आफूलाई थप तनाव भएको बताएका छन् ।
याैनकर्मीहरूबीचको एक छलफल कार्यक्रममा प्रहरी ज्यादतीबारे उनीहरूले सप्रमाण आलोचना गरे । ०७६ मंसिर ४ गते भएको उक्त कार्यक्रममा यौनकर्मीहरूले भोगेका समस्या तथा चुनौतीका विषयमा विस्तृत छलफल गरेका थिए । समाज तथा राज्यबाट यौनकर्मी महिलालाई मानवको रूपमा नहेरेको र आफूहरूले गरेको कामका कारण अधिकार उपभोग गर्नबाट वञ्चित भएको उनीहरूको भनाइ छ ।
रत्नपार्कमा बस्ने एकजना यौनकर्मी महिलाले बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बिना कारण पक्राउ गरेर हिरासतमा राख्ने गरेको गुनासो गरिन् । उनीहरूले भने, ‘हामी सबै मिलेर पैसा उठाउँदै तपाइँलाई दिन्छौं भन्दा पैसाचाही लिएनन् । बरु हामीलाई प्रयोग भने गर्दै आएका छन् ।’
यौनकर्मी महिलालाई पक्राउ गरेपछि १० दिनसम्म हिरासतमा राख्ने र १० हजार धरौटीमा छाड्ने गरेको छ । सडकमा बसेर यौन व्यवसाय गर्न बाध्य ती महिलालाई १० हजार कमाउन निकै समय लाग्छ । व्यापक धरपकडका बावजुद यौनकर्मी महिला प्रहरीसँग यौनसम्पर्क राख्न बाधय छन् ।
आफूलाई धरपकड गर्न आएको प्रहरीले बेलाबेलामा ‘तँ त माृेटी–मोटी राम्री भइछस्, आज मसँग हिँड न त’ भनेर दवाव दिने गरेको सहभागीमध्ये एक यौनकर्मीले बताइन् ।
कार्यक्रममा रत्नपार्कमा बस्ने एक महिलाले भनिन्, ‘हामी बच्चाहरूलाई स्कुल पठाएर प्रायः ११ बजेतिर रन्तपार्क पुग्छौं । हामी कतिबेला आउँछौं भनेर प्रहरी कुरेर बसेका हुन्छन् । कहिलचाँही हामी बसिसकेपछि प्रहरी आउँछन् अनि धरपकड सुरु हुन्छ । प्रहरीले निलडाम हुनेगरी लाठीले हान्ने त सामान्य नै भइसक्यो । केही समयअघि हामी एक साथीलाई प्रहरीले १० दिनसम्म हिरासतमा राख्यो । उनको छोरा कोठामा एक्लै पर्यो । हिरासतबाट छुटाउन घुसका रूपमा १० हजार र औपचारीक १० हजार बुझाए पनि बल्ल छुटायौं ।’
घटना र विचार साप्ताहिकबाट