
इलाम : इलामको माईजोगमाई–५ का ढकाल दाजुभाइको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ।

माइखोलाको अर्चले पक्की पुल नजिक माइबेनी हाइड्रोपावरमा काम गर्ने २१ वर्षीय शेखर ढकाल र १८ वर्षीय प्रवीन ढकाल हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हो।
बिज्ञापन



सोयाङ र सिङफ्रीङ फेदी अठारेमा हाइड्रले बनाएको खाल्डोमा पौडी खेल्न गएका स्थानीय डम्बर बहादुर ढकालका कान्छो छोरा प्रवीन खाल्डोमा डुबेपछि भाईलाई बचाउन गएका साइँलो दाजु शेखरको समेत डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
