यी हुन् एक अर्बदेखि पाँच अर्ब कमाउने बैंक

लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् । तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरूले उल्लेख्य नाफा कमाएका छन् । लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् । तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरूले उल्लेख्य नाफा कमाएका छन् ।

यसैगरी, ग्लोबल आईएमई बैंकले पाँच अर्ब २० करोड, नबिलले चार अर्ब ९७ करोड, एनआईसी एसियाले चार अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेन्टले चार अर्ब आठ करोड रुपैयाँ नाफा गरेका छन् । सबैभन्दा कम नाफा सेञ्चुरी कमर्सियल बैंकको एक अर्ब ३५ करोड छ । सिभिल बैंकले एक अर्ब ३८ करोड, लक्ष्मी बैंकले एक अर्ब ६० करोड, नेपाल एसबीआई बैंकले एक अर्ब ६३ करोड र बैंक अफ काठमाडौंले एक अर्ब ८१ करोड नाफा रुपैयाँले गरेको छ । सेञ्चुरी र सिभिलको नाफा वृद्धिदर भने सबैभन्दा बढी छ ।

बिज्ञापन

अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरीको १६२ र सिभिलको ११५ प्रतिशतले नाफा बढेको छ । कृषि विकास, हिमालयन र सानिमा बैंकको नाफा भने घटेको छ । कृषि विकासको नाफा २६ प्रतिशतले घट्दा हिमालयनको १७ प्रतिशत तथा सानिमाको १ प्रतिशतले घटेको छ ।