२६ मंसिर विर्तामोड ।
झापाको विर्तामोडस्थित साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । मतगणनाको अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेद्वार जलकुमार गुरुङ आफना प्रतिद्धन्दी संयुक्त प्रगतिशील प्यानलतर्फ अध्यक्षका उम्मेदवार ज्ञानुराम प्रसाईलाई ८५० मतको फराकिलो मतान्तरले पछी पार्दै फराकिलो अन्तरले विजयी भएका हुन् । गुरुङ्गले १ हजार ७ सय ४ मत प्राप्त गरि विजयी भएका थिए भने प्रसाईले ९ सय २० मत प्राप्त गरेका थिए । बिजय संगै गुरुङको दोश्रो कार्यकाल सुरु भएको छ ।
निर्वाचन बाट लोकतान्त्रिक समूहकै पर्शुराम सिटौला विजयी वने । उनले १ हजार ६ सय ३६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बुद्धि प्रसाद घिमिरेले ९ सय १८ मत प्राप्त गरेका छन् भनें सचिवमा लोकतान्त्रिक समूहका मेघराज बास्तोला सबैभन्दा धेरै मत ल्याउँदै विजयी भएका छन् । उनले १ हजार ७ सय ३८ मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धी प्रगतिशिलका जनबहादुर जवेगुले ८ सय ३८ मत प्राप्त गरेका छन् । कोषाध्यक्षतर्फ लोकतान्त्रिक समूहका सारदा रिजालले १ हजार ५ सय १० मत प्राप्त गरि विजयी भए भने संयुक्त प्रगतिशिलका कमलप्रसाद पौडेलले १ हजार ४७ मत प्राप्त गरेका थिए ।
खुल्ला सदस्यतर्फ लोकतान्त्रिक समूहका देवेन्द्र सिटौलाले १ हजार ६ सय ६७ र पारसमणी मैनालीले १ हजार ५ सय ९४ मत प्राप्त गर्दै विजयी भए भने संयुक्त प्रगतिशील प्यानलका शंकरराज ढुङ्गेलले ८ सय ९० र श्रीप्रसाद सिटौलाले ८ सय ९३ मत प्राप्त गरेका थिए ।
त्यस्तै महिला सदस्यतर्फ लोकतान्त्रिक समूहतर्फबाट माया प्रधान खड्गीले १ हजार ६ सय २०, सितादवी काफ्लेले १ हजार ५ सय ७९ र बालादेबी खरेलले १ हजार ५ सय ८७ मत ल्याउँदै विजयी भईन् भने संयुक्त प्रगतीशिल तर्फका सिता सापकोटा पौडेलले ९ सय ५०, बिनिता कुमारी राजवंशीले ९ सय २२ र हिमादेबी प्रसाईले ९ सय ५२ मत प्राप्त गरेकी थिईन् ।
कुल मत २ हजार ८ सय १ गणना हुँदा १२८ मत बदर भएको जनाइएको छ ।