
गौरादह/

झापाको गौरादहमा मकै खेती सफलता पुर्वक फस्टाउदै गएको देखिएको छ । मकै खेतीको लागि यहाँका कृषकहरु निकै उत्साहित रहेका छन् भने नगर भित्रका केहि वडाहरुले मकै खेतिमा नयाँ आयाम थप्ने प्रयास गरेको देखिन्छ ।



बढ्दो आधुनिक खेती प्रबिधिलाई प्रयोग गर्न लागेका केहि वडाहरु मध्ये वडा नं. १ ले मकै खेतीलाई महत्त्वका साथ लिएको पाइएको छ ।

गत हप्ता मात्र कृषकहरूलाई निशुल्क रूपमा उन्नत जातको मकैको बिउ वितरण गरेको वडाले पुनः अर्को पुरस्कार रासीको घोषणा गरेको छ । अव गौरादह वडा नं. १ मा रहेर मकै खेतिमा सफलता प्राप्त गर्ने कृषकलाई वडाले सफल कृषकको रूपमा पुरस्कृत गर्ने वडाध्यक्ष्य नगेन्द्र भण्डारीको भनाइ रहेको छ ।
नगर प्रबक्ता समेत रहेका भण्डारी कृषकहरुको हितमा आफु निरन्तर लागिरहेको बताउछन् । आधुनिक प्रबिधिको प्रयोग बाट कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउन सकिने भण्डारीको बुझाइ छ ।
विषादी रहित कृषि उत्पादनमा आफुले जोड दिएको बताउने भण्डारी आगामी दिनमा थप प्रभावकारी कार्यक्रम साथ अगाडि बढ्ने बताउँछन् ।
यस वडाले विषादीरहित सामुहिक खेतीलाई प्रभावकारी ढंगले अगाडि बढाउने योजनाहरु अगाडि बढाएको पाइएको छ । यस वडा भित्र गत वर्ष बाट सामुहिक खेतीमा निकै ठुलो सफलता प्राप्त भएको स्वयं कृषकहरूले बताउँने गरेका छन् ।
वडा बाट प्राप्त सेवा सुबिधाले काम गर्ने जोस र जागर वढे संगै आर्थिक स्तरमा समेत सुधार हुनेमा यस वडाका कृषकहरू ढुक्क देखिएका छन् । गौरादहमा मकै खेती सम्बन्धि थप विवरण आगामी अंकमा प्रकाशित गरिने छ ।