बिकास निर्माणमा गौरिगन्ज अन्य स्थानीय तह भन्दा अब्बल देखियो  – मन्त्री कार्की

गौरीगंज
प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गौरीगंज गाउँपालिका दिगो बिकासमा बलियो फड्को मार्दै अगाडि बढिरहेको बताएका छन ।

गौरीगंज बहुमुखी क्याम्पसको २८ औं वार्षिक उत्सवको उद्घाटन गर्दै  आज मन्त्री कार्कीले गौरीगंजमा  भन्सार, बाटो, विजुली, पुल, ड्रेनेज लगायतका पूर्वाधारहरुको निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको बताए । मन्त्री कार्कीले झापाका अन्य स्थानीय तहमा भन्दा गौरीगंजको विकास सबै भन्दा बढि र नयाँ ढंगबाट अघि बढिरहेको तर्क गरे ।

बिज्ञापन

गौरादहमा त्रिभुवन विश्व बिधालयको आंगिक कृषि क्याम्पसको स्थापना भएको स्मरण गर्दै मन्त्री कार्कीले गौरीगंज  क्याम्पसको शैक्षिक गुणस्तरलाई सुधार गर्न  प्रदेश  सरकार तयार रहेको धारणा राखेका राखे ।

गौरीगंज क्याम्पसले   देशलाई आवश्यक पर्ने  जनशक्ति उत्पादन गर्न सक्ने विषय छनौट गरी त्यसको  सञ्चालनका लागि आफु कहाँ   प्रस्ताव ल्याउन आग्रह मन्त्री कार्कीले आग्रह गरेका थिए ।

हुलाकी सडकको निर्माणमा पर्याप्त बजेट सहित कार्य भइरहेकोइरहेको बताउदै उनलेे गौरिया सिचाइ आयोजना , रतुवा र किश्ने खोला तटवन्धनमा   प्रदेश सरकारले विशेष जोड  दिएको बताउदै मन्त्री कार्कीले वागाचौधरीको पुलको निर्माण लगायतका योजनाहरु समय मै सम्पन्न गर्न आफू निरन्तर रूपमा लागि परेको बताएका थिए  ।

कार्यक्रममा क्याम्पसको वार्षिक उत्सवको अवसरमा समाजसेवी श्रवण गिरीले क्याम्पसको छात्रवृत्ति कोषमा जम्मा हुने गरि ३३ हजार रूपैयाँको चेक क्याम्पस सञ्चालन समितिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए

। उक्त रकम क्याम्पसका  स्नातक तहका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिने बताइएको छ ।

त्यसैगरी रामलाल जी धापा देवी गोल्छा च्यारिटी ट्रष्टका प्रतिनिधि शंकर कौशिकले उत्कृष्ट ११ जना विद्याथीहरुलार्ई ५१ हजार रुपैया“ छात्रवृति  प्रदान गरेका थिए  भने ज्ञानबहादुर राईद्वारा स्थापित शिवमाया स्मृति पुरस्कार २ जना लाई १० हजार रूपैयाँ छात्रवृति प्रदान गरिएको थियो ।

कार्यक्रममा चन्दा दाता तथा शैक्षिक व्यक्तित्व कुमार भण्डारी र नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ प्रदेश १ का सचिव गोविन्द तिवारीलाई  दोसल्ला ओढाई  सम्मान समेत गरिएको थियो ।