दलित माथी अझै भेदभाव, जमिनदारले भत्काइदिए घर

सिरहा : गत शनिबार सिरहा नगरपालिका ६ बसपिट्टाका जमिन्दारले दलित समुदायको घर डोजर लगाएर भत्काइदिएका थिए। मध्यजाडोमा घर भत्काइदिएपछि पीडित आन्दोलित भएका छन्। उनीहरुले दलित एकता अधिकार मञ्चको अगुवाइमा आइतबार सदरमुकाम सिरहामा र्‍याली निकालेका थिए। उनीहरूले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र नगरपालिकाका मेयर अशेश्वर यादवलाई ज्ञापन पत्र बुझाएका छन्।

उनीहरूले पुनः बसोबासको माग गर्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। शीतलहरको समयमा घरबारविहीन बनाउने जमिन्दारलाई कारवाहीको माग पनि गरेका छन्। वडा नम्बर १ का जमिन्दार खलकका दामोदर प्रधानाङ्गले आफ्नो बाजे लालबहादुरले राधाकृष्ण मन्दिरलाई दिएको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै रामजी महरा, रामवृक्ष, रिझो, फूल्चो, समतौलिया महराको घर डोजर लगाएर भत्काएका थिए। अन्नपूर्ण पोस्टमा खबर छ  ।

बिज्ञापन