
गौरादहमा गत मंसिर ८ देखि १६ सम्म आयोजना गरिएको आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सवको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको विवरण अनुसार सत्सङ हल निर्माण सेवा बाट ८ लाख ९० हजार २ सय ६, महा पशुपति आरती बाट ९४ हजार ८ सय २०, शालिग्राम बिक्री बाट १ हजार ९ सय ३५, दोकान स्टल बाट १५ हजार ३ सय, धान्यान्चल बाट १५ हजार ३ सय, चामल बिक्री १३ हजार २ सय, बाँस बिक्री २५ सय, कलश बिक्री १३ लाख ८७ हजार १ सय, दानपेटिका ४९ हजार ४ सय ७०, रसिद काटिएको सेवा बाट १४ लाख २४ हजार ७ सय ८०, डम्बर कुमारी कार्की बाट २ लाख बराबरको जग्गा दान, गेहनाथ नेपाल बाट २ लाख बराबरको जग्गा दान, डिल्लीराम ढकाल बाट २ लाख बराबरको जग्गा दान बाट र बोलेको प्रतिबद्धता २४ लाख १३ हजार २ सय ९ समेत गरि गरि कुल ५८ लाख ७२ हजार २ सय ९८ रुपैयाँ आम्दानी भएको देखिएको छ ।

खर्च तर्फ गुरु भेटी ४ लाख ३९ हजार ६ सय ६५, पन्डाल साउन्ड सेट ५ लाख, कलश खरिद ५ लाख ७ हजार १ सय ७४, ढुवानी खर्च ५० हजार २ सय, बाँस खरिद १५ हजार ४ सय, भण्डारा खर्च १ लाख ४१ हजार २ सय ५३, मुर्ती खरिद तथा रङ रोगन ६१ हजार ५०, प्रचारप्रसार एफएम ४६ हजार ८ सय ६०, फर्निचर कुर्सी खरिद ८ हजार ४ सय, पुजा सामाग्री ५३ हजार ९ सय ४०, महा आरती खर्च २७ हजार ७ सय ७५, बिजुली खर्छ ४ हजार ३ सय ७०, हुर्आ नाच ८ हजार, स्वागत सम्मान ६५ हजार ८ सय ९५, ईन्टरनेट अडियो भिडियो १८ हजार, क्यामेरा ग्राफिक २९ हजार ५ सय ४०, छपाइ १ लाख ५० हजार, मन्डप मुर्ती राख्ने ठाउँ सामान सहित ३० हजार ४ सय ३१, डिजेल पेट्रोल १५ हजार, १०८ धारा जडान तथा धान्यान्चल निर्माण २५ हजार ४ सय ९१ गरि कुल खर्च २१ लाख ९७ हजार ७ सय ४८ रहेकोे बताइएको छ भने बचत २८ लाख ८ हजार २ सय ८३ रहेको जनाइएको छ ।
मुल समारोह समितिको आयोजना तथा नेपाल मानव धर्म सेवा समितिको संयोजन र गौरादह उद्योग वाणिज्य संघको सह आयोजनामा सम्पन्न भएको आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक कार्यक्रममा समारोह समितिका आर्थिक व्यवस्थापन संयोजक भिम बिजय बास्तोलाले आय व्यय बाचन गरेर सुनाएका थिए । नेपाल मानव धर्म सेवा समिति को निर्माणाधीन भवन परिसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख आतिथीको आसन बाट आफ्ना धारणा राख्दै वडा नं ४ वार्ड अध्यक्ष मडिन्द्र कार्कीले मानव धर्म सेवा समितिको भवन निर्माण सम्पन्न गर्न आफू कटिबद्ध भएर लाग्ने बताए । उनले वडा कार्यालय बाट हुने सवै प्रकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै वडाले भवन निर्माणका लागि ५५ हजारको प्रतिबद्धता दोर्होर्याए ।
कार्यक्रममा आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव समारो समिति अध्यक्ष डा. तिलक खनाल, मानव धर्म सेवा समिति गौरादह साखा प्रमुख महात्मा गौमुखी बाइजी, महिला संजाल नगर संजाल उपाध्यक्ष गंगा कुमारी कार्की, ज्योति मा वी कमल २ का सहायक प्रधानाध्यापक नारायण बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिज्ञापन



