झापा । झापाको चारपानेमा एक पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ । अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

 

स्थानीयले मङ्लबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । धारिलो हतिायार प्रहार गरी हत्या गरेको कुनसक्ने जिल्ला प्रहरी कार्याल्य झापाका डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

 

डीएसपी रिजालले भने, ‘अनुहारमा चोट भएको कारण मृतकको शव पहिचान हुन सकेको छैन् ।’ डीएसपी रिजालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी अहिले अनुसन्धान गरिरहेको स्थानीयले बताए ।

 

घटना कसले र किन गर्यो भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।