नेपाली संस्कार जाेगाउन पशुपति क्षेत्रमा नमस्कार अभियान

काठमाण्डौ – पशुपति क्षेत्रमा नमस्कार अभियान सुरु गरिएको छ ।

 

महाशिवरात्रीमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले बताउनुभयो ।

 

पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान सुरु गरिएको ढकालले बताउनुभयो । नमस्कार गर्दा व्यक्ति व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरना भाइरसजस्ता रोगको सङ्क्रमण फैलिएका बेला बच्न समेत सहयोग पुग्ने उहाँको भनाइ छ ।

 

नेपालीले आफ्नाे संस्कार र संस्कृति भुलेर पश्चिमी संस्कारलाई आफ्नो संस्कार सम्झन थालेकाले जागरणका लागि यो अभियान सुरु गरिएको कोषले जनाएको छ । यो अभियान सुरु भएसँगै अब पशुपति क्षेत्रमा आउने जोसुकै भक्तजनलाई हात नमिलाई नमस्कार अभिवादनमा लाग्न कोषले आह्वान गरेको छ ।