साफ यू–१५ च्याम्पियनसिप: नेपालको पहिलो खेल भारतसँग

काठमाडौं । साफ यू–१५ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । भारतमा अगष्ट २१ देखि सुरु हुने च्यािम्पयनसिपको खेल तालिका आज सार्वजनिक भएको हो । नेपाल र भारतबीचको खेल अगष्ट २१ मा कल्याणी रंगशालामा हुनेछ ।

 

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अगष्ट २३, तेस्रो खेलमा बंगलादेशसँग अगष्ट २७ र अन्तिम खेलमा भुटानसँग अगष्ट २९ मा खेल्नेछ ।

 

पाँच टिम रहेको प्रतियोगिताको शीर्ष २ टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । गत संस्करणको प्रतियोगिता नेपालले आयोजना गरेको थियो । बंगलादेशले उपाधि जितेको उक्त प्रतियोगितामा नेपाल चौंथो भएको थियो ।