लागुऔषधसहित एकजना  पक्राउ

विराटनगर : विराटनगर महानगरपालिका १२ आइतबारेबाट लागुऔषधसहित प्रहरीले बुधबार राती एकजनालाई पक्राउ गरेको छ ।

 

बिज्ञापन

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका १० का २६ वर्षीय ज्ञानेन्द्र चौधरी रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए ।

 

चौधरीको साथबाट ८ चक्‍की नाइट्रोभेट, एभिल, डाइजापाम, लुपिजेसिक, फेनारगन गरेर ८ एम्पुल र खाली सिरिन्ज तीनवटा बरामद भएको छ ।

 

उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बिहीबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।