
इलाका प्रहरी कार्यालय टीकापुरले लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रकाउ गरेको छ ।
३ फागुन साँझ टीकापुर नगरपालिका–९ स्थित खक्रौला सडक खण्डमा भारतबाट नेपालतर्फ आइरहेको सु.प.प्र. ०१–००७ प ९२९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लम्किचुहा नगरपालिका– १, भुरुवाका २४ वर्षीय चन्द्रबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरिएको हो ।
उनीहरूले सेतो प्लाष्टिकको पोकाभित्र राखेको ३० ग्राम ९ सय मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेकालाई लागुऔषध ओसारपसारमा मुद्दा दर्ता गरी थप अनुसन्धानको प्रक्रिया थालिएको बस्नेतले बताए ।