२ वर्षमा औसतभन्दा बढी उपलब्धि हासिल : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन् ।

 

ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालीम केन्द्रको नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशतभन्दा माथिको बहस हुने गरेको बताए ।

 

उनले राज्यसत्तामा रहदा ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरू अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सर्ने गरेको बताए ।

 

उनले ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरू अहिले ६/७ प्रतिशतको वृद्धिदर हुने र सरकारले लक्ष्य पूरा नहुने भन्दै आलोचना गर्न अग्रसर हुने गरेको बताए ।

 

अर्थमन्त्री खतिवडाले २ वर्षमा औसतभन्दा माथि उपलब्धि हासिल गर्न सकेको बताउँदै आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण तथा समाजको रूपान्तरणमा औसतभन्दा माथिको उपलब्धि भएको बताएका थिए ।

 

२२ करोड ५२ लाख ३० हजार रूपैयाँमा तालीम केन्द्रको नयाँ भवन निर्माण भएको हो ।