ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

चितवन- ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–६, जयनेपालचोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४, राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायब निरीक्षक अर्जुन पौडेलको मृत्यु भएको हो । पौडेलको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

बिज्ञापन

गए राति करिब ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना४त ८८२९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको ना१६प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गीतानगरले नियन्त्रणमा लिएको छ ।