मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसदमा प्रस्तुत गर्नु सकारात्मक रहेको बताएका छन् ।

 

बिज्ञापन

मिडिया नेपालको केन्द्रीय समिति बैठक तथा प्रदेश समिति घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै प्रजातन्त्र र संवैधानिक मूल्यमान्यताका विपरीत रहेकाले त्यसमा सुधार गर्ने प्रयास सराहनीय रहेको बताए ।

 

नेपालको सञ्चार क्षेत्रले प्रजातन्त्रको स्थापना र मुलुकको समुन्नति तथा आर्थिक विकासमा सशक्त आवाज उठाएको स्मरण गर्दै अध्यक्ष थापाले लोकतन्त्रलाई सुदृढ तुल्याउनसमेत सञ्चार क्षेत्रको भूमिकालाई स्वतन्त्र र स्वाभिमानी ढङ्गले अघि बढ्ने वातावरण बन्नुपर्नेमा जोड दिए ।

 

राप्रपाले विगतको गल्ती र कमजोरीलाई सच्याउँदै आगामी दिनमा देशको प्रमुख शक्तिका रुपमा स्थापित हुने गरी पार्टीका गतिविधि अघि बढेको र २०७७ साल २५ जेठदेखि नियमित समयभन्दा अगावै पार्टीको महाधिवेशन आयोजना गरिने उनले बताए ।

 

यसैबीच, मिडिया नेपालको गण्डकी प्रदेश समितिको अध्यक्षमा सूर्य बाँस्तोला चयन भएका छन् । केन्द्रीय समिति बैठकले बाँस्तोलाको अध्यक्षतामा ७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो ।

 

समितिको उपाध्यक्षमा श्वाम खवास, कृष्ण केसी, सचिव विष्णु पौडेल, सहसचिव दयाराम गहतराज र कोषाध्यक्ष बद्री गौतम सदस्यमा गुरु दाहाल छन् ।

 

बैठकले प्रदेश ५ को उपाध्यक्षमा श्रीधर सुवेदी, कर्णाली प्रदेश उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषाध्यक्ष राधिका जोशी र काठमाडौं उपत्यका संयोजकमा दीपेशराज थारू तथा केन्द्रीय सदस्यरुमा रञ्जित प्रसाईं, विजय राउत र सविता पोखरेललाई मनोनीत गरिएको केन्द्रीय अध्यक्ष गोपाल पौड्यालले जानकारी दिए ।