
तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको सवारी परी दुर्घटनामा मृत्यु भएको छ । सलेम बैंगलोर नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

बिज्ञापन



घाइते भएका १८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बैंगलोरतर्फ जाँदै गरेका उनीहरु विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए । मध्यरातमा सो बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा २ जना महिला रहेको बताइएको छ । मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ ।