झापामा जुवा खालबाट महिलासहित  ६ पक्राउ

दमक/ झापाको बिर्तामोड नगरपालिका–४ मन्दा बस्तिबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

गएराती स्थानीय कोपीला लिम्बु तामाङको घरमा जुवा खेलिरहेको भन्ने सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घर धनी २६ बर्षीया कोपीला लिम्बु तामाङ सहित हल्दिवारी–४ का ५२ बर्षीय प्रल्हाद चुँडाल, बिशुलाल मेचे, हल्दिवारी–५ का ३५ बर्षीय डम्बर बहादुर मगर, मेचिनगर नगरपालिका–१३ का ५३ बर्षीय दिपेश क्षेत्री र ४६ बर्षीय भुपु राईलाई पक्राउ गरेको हो ।

 

जुवाको खालबाट प्रहरीले १६ थान कौडा, नगद रु. ९८ हजार, भारतिय रुपैयाँ १ हजार, मोवायल ६ थान, ९ वटा मोटरसाईकल र १ वटा कार समेत बरामद गरेको छ । पक्राउ परेका ६ जनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

एक साता अघि झापाको गौरादह ९ बैगुनधुराबाट ९१ हजार रुपैयाँ नगद र कौडासहित ८ जना पक्राउ परेका थिए । जुवा खालमा पक्राउ परेकाहरु स्थानीय दुई विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेल, राम बहादुर ढुंगाना, नेकपाका स्थानीय नेता नेत्र पोखरेलसहितको सो समुहमाथि थप अनुसन्धान आवश्यक रहेको भन्दै प्रहरीले एक साताका लागि म्याद थपको आदेश लिईसकेको छ भने कमल ५ लखनपुरको एक घरबाट तास खेल्ने ११ जनालाई भने प्रहरीले धरौटीमा रिहा गरेको बताइएको छ ।