
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । यात्रा पनि होला ।




बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । सोचेको काम सफलता पूर्वक सम्पन्न होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अध्ययनमा पछि परिने सम्भावना छ । अरूले बाधा पुर्याए पनि शुभ चिन्तकहरूले साथ दिनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइलेखाइमा पनि समय दिन नसकिएला । पहिलेका समस्या दोहोरिन सक्छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काममा रोकावट र कममात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । आर्जित धन तत्काल खर्च हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
काममा मातापिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।