वहालवाला मन्त्रीका सल्लाहकारले  बन्धक बनाएर १७ वर्षीया किशोरीको अस्मिता लुटे !

काठमाडौं  ;  फेरी एक जना वहालवाला मन्त्रीका सल्लाहकार यौन काण्डमा मुर्छिका छन् । १७ वर्षीया किशोरी करणीको अभियोगमा प क्रा उ परेका ब्यक्ति मन्त्रीकै सल्लाहकार भएको खुलेको हो । प्रहरीले पक्राउ गरेपछि उनले आफुलाई मन्त्रीको सल्लाहकार भनेर उम्कने प्रयास गरेका थिए ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ५२ वर्षीय अमृतकुमार घलेलाई पक्राउ गरी अनुसन्धान सुरु गर्दा यस्तो रहस्य खुलेको हो । घले शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार भएको खुलेको हो । प्रहरी कार्यालयमा पनि उनले आफुलाई मन्त्रीको सल्लाहकार भन्दै उम्कने प्रयास गरेको प्रहरीको भनाई छ ।

 

घलेले एक १७ वर्षीया किशोरीलाई कोठामा बन्धक बनाएर करणी गरेको उजुरीका आधारमा पक्राउ गरेको थियो । गत माघ २७ गते काठमाडौं आउने बस कुरेर बनेपामा बसिरहेकी किशोरीलाई उनले आफ्नो गाडीमा लिफ्ट दिए । उनी पनि कामको शिलसिलामा वनेपा पुगेका थिए । गाडीमा लिएर आएपछि उनले ति किशारीलाई आफ्नै कोठामा लगेर राखे ।

 

आफुलाई कोठामा थुनेर करणी गरेको किशोरीले प्रहरीमा उजुरी दिएकी छन् । घलेका परिवार अमेरिका बस्दै आएका छन् भने उनी टोखामा फ्लाट भाडामा लिएर बसेका छन् । ति किशोरीलाई उनले केही दिन आफ्नै कोठामा राखेको पनि अनुसन्धानवाट खुलेको छ । ति किशोरीलाई कोठामा ल्याएर राखेर अमेरिका पठाइदिन्छु भन्ने आश्वासन दिएर करणी गरेको खुलेको हो । किशोरी प्लस टूमा अध्यानरत छिन्।

 

तर, फागुन १ गते किशोरीले मोबाइलबाट आफ्नो भिनाजुलाई फोन गरेर घटना बारे बताएपछि रहस्य खुलेको हो । किशोरीको भिनाजुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उजुरी पछि ६ जनाको टोली किशोरी खोज्न लगाएको थियो । प्रहरीले दिनभर मोबाइल नम्बरलाई ट्र्याक गरेर किशोरी राखेको कोठा पत्ता लगाएको हो । १८ वर्ष उमेर नपुगेका कारण किशोरी नावालिका हुन् ।

 

कानुनमा १८ वर्ष उमेर नपुगेको किशोरीसँग मञ्जुरीमा समेत यौन सम्बन्ध राख्न पाइदैन । त्यस्तो कार्यलाई अपराध मानेको छ । यौनकाण्डमा मुछिएका नेकपाका नेता तथा पुर्व सभामुख कृष्णवहादुर महरा तीन महिना लामो हिरासत वसाई पछि केही दिन अघि मात्र अदालतको आदेशमा छुटेका छन् । उनलाई अदालतले निर्दोश सावित गरेको हो ।