प्रधानमन्त्री ओलीकै निमन्त्रणमा वालुवाटार पुगेका कोइरालाले मागे ओलीकै राजिनामा !

काठमाडौं , १५ फागुन । नेपाली कांग्रेसको आगामी महाधिवेशमा सभापतिको दावेदार रहेका कांग्रेस केन्द्रिय सदस्य शेखर कोइराला यतिबेला राजनीतिक भेटघाटमा ब्यस्त छन् । उनले सभापतिका लागि कार्यकर्ता र पार्टीमा लविगं सुरु गरेका छन् । विहिवार प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा पुगेका कोइरालाले उल्टै प्रधानमन्त्रीको राजिनामा मागेका छन् । दुई घण्टा लामो भएको भेटमा उनले ओलीलाई प्रधानमन्त्रीवाट राजिनामा दिन सुझाव दिएको बताइएको छ । कोइराला ओलीकै निमन्त्रणमा वालुवाटार पुगेका थिए ।

 

बिज्ञापन

प्रधानमन्त्री ओली र कोइरालाबीच झण्डै दुई घन्टा लामो कुराकानी भएको थियो । भेटको सुरुवातमै कोइरालाले प्रधानमन्त्री ओलीको राजीनामा मागेको कोइराला निकट स्रोतले जानकारी दिएको छ । निकै शक्तिशाली मानिएका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली अहिले पार्टीभित्र पनि एक्लिएका बेला कांग्रेसले राजिनामा माग गरेको छ । (नेकपा) को सचिवालयमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अब ईश्वर पोखरेलको मात्रै साथ रहने भएको छ । अन्य नेताहरु एक ढिक्का भएका छन् भने प्रधानमन्त्री ओल अल्पमतमा परेका छन् । पछिल्लो समय उनलाई विष्णु पौडेलले पनि साथ दिन छोडेका छन् ।

 

पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को गठबन्धन हाबी भएको छ । बहुमतले निर्णय गर्न थालेपछि विष्णु पौडेलले समेत दाहाल–नेपाल गठबन्धनलाई साथ दिन थालेका छन । अहिले इश्वर पोखरेल मात्र मौन बसेका छन् ।