पत्रकार वीरेन्द्र साहको हत्या आरोपी १२ वर्षपछि पक्राउ

प्रहरीले उनलाई आइतबार बिहान २ बजे बारागढी गाउँपालिका–६, गडहलस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

बिज्ञापन

 

फौजदारलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई उनका समर्थकले अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले चार राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो ।

 

एभिन्यूज टेलिभिजनमा कार्यरत साहको २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थियो ।

 

शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ता कुन्दन नेतृत्वको टोलीले टाँगिया बस्ती जंगलमा लगेर उनको हत्या गरेको आरोप लागेको छ ।

 

फौजदारसम्ब‍न्धी मुद्दा मुल्तवीमा रहेकाले उनलाई अदालतमा बुझाइने इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

 

पत्रकार साहका हत्या आरोपी फौजदार १२ वर्षदेखि फरार रहँदै आएका थिए ।