
ताप्लेजुङ । चितुवाको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङ्लुङ गाउँपालिका–५ बैताङगु बस्ने ५५ वर्षीय टुलबीर लिम्बु रहेका छन् ।

बिज्ञापन



प्रहरी चौकी तापेथोकबाट खटिएको टोलीले सोमबार लिम्बुको घरमा खानतलासी गर्दा २ थान चितुवाको छाला र थारको जस्तो देखिने रौं सहितको छाला १ थान बरामद गरेको हो ।

लिम्बुलाई आवश्यक अनुसन्धानको लागि कञ्चनजंगा संरक्षण कार्यालय ताप्लेजुङमा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक मोहन पोखरेलले जानकारी दिनुभयो ।