जातीय छुवाछुतको आरोपमा शाखा अधिकृत पक्राउ

जातीय छुवाछुत गरेको आरोपमा गृहमन्त्रालयमा कार्यरत एक अधिकारी पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा गृहमन्त्रालयमा कार्यरत श्रीकृष्ण बिडारी रहेका छन् । उनकी श्रीमती राधिका विडारीलाई पनि बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

उनीहरुमाथि दलित विद्यार्थीलाई दलित भएकै आधारमा घरबाट निकाल्न खोजेको आरोप लागेको छ । पीडित छात्राले चार दिनअघि बालाजु प्रहरीमा निवदेन दिएकी थिइन् ।

 

सोही निवेदनका आधारमा उनीहरु पक्राउ परेको बालाजु प्रहरीले जनाएको छ । बालाजु नेपालटार घर भएका बिडारी गृहमन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत रहेका थिए ।

 

उनी मंगलबारमात्रै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका छन् ।