
कैलाली : धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोनाभाइरस संक्रमणको आशंकामा तीन जनालाई भर्ना गरिएको छ ।
अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीका अनुसार भारतबाट आएका उनीहरुलाई सीमा नाकामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको बताए ।
अहिले तीनै जनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको र उनीहरुको नमूना संकलन हिजै (शुक्रबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. जोशीले जानकारी दिए ।
आइसोलेसन वार्डमा भर्ना गरिएको तीनै जनाको रिपोर्ट सोमबार आउने उनले बताए ।