
काठमाडौं । मुलुकका चर्चित कलाकारले यस वर्षको फागुपूर्णिमा जनता टेलिभिजनमा मनाइरहेका छन् । जनता प्रसारण तथा प्रकाशन लिमिटेडकाे मुख्यालय प्रांगणमा अहिले चर्चित कलाकारसहितको ‘फागुपूर्णिमा उत्सव’ भइरहेको छ ।
फागु उत्सवमा कुन्ति मोक्तान, आनन्द कार्की, जेम्स प्रधान, प्रवेशमान शाक्य, सन्जीव प्रधान, पुन्यम प्रधान र प्रशना शाक्य लगायतका चर्चित कलाकार सहभागी छन् ।
फागु उत्सव जनता टेलिभिजन, जनता रेडियो र जनता समाचार डट कमबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।