धान कुट्ने मिलको फितामा सल बेरिएर महिलाको मृत्यु

भोजपुर : मिलको फित्तामा सल बेरिएर भोजपुरमा एक महिलाको मृत्यु भएको छ। रामप्रसादराई गाउँपालिका–१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार शनिबार साँझ स्थानीय योगेन्द्र राईको विद्युतीय मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिँदा गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा स्थानीय संगीता मेडिकल ओख्रेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। मृतकको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको भोजपुर प्रहरीले जनाएको छ।

बिज्ञापन