काठमाण्डौ –  नेपालसँग सीमा जाेडिएकाे  भारतको बिहार राज्यमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट एक युवककाे ज्यान गएको छ ।

 

राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय युवककाे ज्यान गएको भारतीय सञचारमाध्यमले जनाएको छ । कतारबाट फर्किएका ती पुरुषको मिर्गौला खराबका कारण शनिबार बिहान ज्यान गएको स्थानीयले जानकारी दिनुभयो ।

 

योसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ जना पुगेको छ ।

 

यस्तै बिहारको एनएमसीएचमा अर्का एक जना कोरोना सङ्क्रमितलाई आइसोलेशनमा राखिएको छ । उनी केही समयअघि स्कटल्याण्डबाट फर्किएका थिए ।

 

यसअघि बिहार राज्यमा कसैमा पनि कोरोना सङ्क्रमण नभएको पाइएको थियो ।