
वीरगन्ज : पर्सा क्षेत्र नं–१ बाट निर्वाचित समाजवादी पार्टीका सांसद प्रदिप यादवले एक महिनाको पारिश्रमिक कोरोनाबाट हुने आपता र विपतिको लागि दिने घोषणा गरेका छन् ।
नेपाल सरकाले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि केन्द्रिय कोष स्थापना गरेकोमा सरकारको यो निर्णय स्वागतयोग्य रहेको बताउँदै सांसद प्रदीप यादवले संसद सचिवालयबाट पाउने एक महिना बराबरको पारिश्रमिक दिने घोषणा गरेका छन् ।
उनले सरकारले स्थापना गरेको कोषमा आ–आफ्नो तर्फबाट यथासामर्थ योगदान गर्न सबैमा अह्वान समेत गरेका छन् । आपदा र बिपत्तिविरुद्ध लड्न सरकारले गर्ने निर्णयहरु पालना समेत गर्ने प्रतिजद्धता जनाएका छन् ।
