
काठमाण्डौ – तेल उपादक देशहरुको सङ्गठन ‘अर्गनाइजेशन अफ् द पेट्रोलियम एक्सपोर्टिग कन्ट्रिज’ (ओपेक) र सहयोगी संस्थाबीच तेलको उत्पादन कटौती गर्ने सहमति भएको छ ।

बिज्ञापन



ओपेक र तेल उत्पादक संस्थाबीच गएकाे अप्रिल महिनाकाे ९ तारिखमा नै कटाैतीलाई लिएर सम्झाैता हुने तय भएकाे थियाे तर मेक्सिकाेले विराेध गर्दै आइरहेकाे थियाे ।

तेल उत्पादनमा यति ठूलो मात्रामा कटौति गर्ने सहमति भएको यो पहिलो पटक हो । ओपेकले तेल टौतीसम्बन्धी सहमति औपचारिक रुपमा घोषणा गर्न बाँकी छ । तर त्यसका सदस्य देशहरुले सहमति जनाइसकेका छन् ।
योसँगै नियमितभन्दा अब दैनिक ९ दशमलव ७ मिलियन ब्यारेल तेलको उत्पादन कम हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कुवेतका ऊर्जा मन्त्री डाक्टर खालिद अली मोहम्मद अल फादेलले ट्वीट गरेर सम्झौताको जानकारी दिएका छन् ।