
काठमाडौं : नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।
तीन महिनादेखि रिक्त रहेको निगमको कार्यकारी अध्यक्षमा ‘अर्को व्यवस्था नभएसम्मका कार्यकारी अधिकारीसहित’ घिमिरेलाई नियुक्त गरिएको मन्त्रिपरिषद स्रोतले बतायो ।
घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् । घिमिर पर्यटन मन्त्रालयका सचिव हुँदा १८ महिना निगमको सञ्चालक समितिको अध्यक्ष थिए ।
घिमिरेले पछिल्लो समय पर्यटनमन्त्री योगेश भट्टराईले गठन गरेको नेपाल वायु सेवा निगम सुधार सम्बन्धी कार्यदलको संयोजक भएर पनि काम गरेका थिए ।