
काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को बिरामी भेटिएको सनसिटी अपार्टमेन्टमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडा नगएको सचिवालयले दाबी गरेको छ । खतिवडाका प्रेस संयोजक यमन पौड्यालले अर्थ मन्त्री अपार्टमेन्टमा नगएको भन्दै आराेपकाे खण्डन गर्नुभएकाे छ ।




अर्थ मन्त्री खतिवडाका छोरा अपार्टमेन्टको आन्तरिक समितिका पदाधिकारीको लागि चुनावमा उठेको र खतिवडा त्यहाँ पुगेको विभिन्न सञ्चारमाध्यम र सामाजिक सन्जालमा आएपछि सचिवालयले त्यसको खण्डन गरेको हो ।

खण्डन यस्तो छ–
(सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चैत ८ गते भएको भनिएको निर्वाचनमा मा. अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू सहभागी हुनुभएको छैन । पछिल्ला समय उहाँ कुनै पनि सार्वजनिक कार्यक्रम तथा भेलाहरुमा समेत सहभागी हुनुभएको छैन । उहाँ निवास, सिंहदरबार र बालुवाटारका काममा मात्र व्यस्त हुनुभएको छ । मन्त्रीज्यू आफैमा मुटुको बिरामी भएको हुदाँ स्वास्थ्यका विषयमा निकै सजक हुनुहुन्छ । निर्वाचित समितिलाई बधाइ दिन जानुभएको विषयमा कुनै सत्यता नभएको जानकारी गराउँछु ।)