गैरसरकारी संस्थाद्वारा कोसी अस्पताललाई ६ आईसीयू बेड सहयाेग

प्रदेश–१ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका लागि ३ वटा गैरसरकारी संस्थाले ६ आइसीयू बेड हस्तान्तरण गरेको गरेका छन् ।

 

बिज्ञापन

संस्थाले बुधबार प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई आइसीयु बेड हस्तान्तरण गरेका हुन् ।

 

करुणा फाउण्डेसन नेपाल र नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) ले ३ लाख ५९ हजार रुपैयाँको ३ वटा र स्वीस सरकार विकास सहयोग (एसडिसी) ले ३ लाख ५० हजार रुपैयाँको ३ वटा बेड हस्तान्तरण गरेको हो ।

 

त्यस्तै, कोभिड–१९ अस्पताललाई विश्व लुथरन फेडेरेसन (एलडब्लुएफ) ले १० केभिएको अनलाइन युपीएस पनि हस्तान्तरण गरेको छ । ३ लाख ६० हजार रुपैयाँको अनलाइन युपीएस हस्तान्तरण गरिएको लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतमले जानकारी दिए ।

 

आइसीयु बेड र अनलाइन युपीएस ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोनाविरुद्ध लड्नका लागि सरकार मात्रै नभएर समाजका सबै अंगको उत्तिकै भूमिका रहने बताए । प्रदेश–१ सरकारले कोभिड अस्पताल नमुना अस्पताल निर्माण गरेको उनले बताए ।

 

कोभिड अस्पताललाई अहिले विभिन्न दातृ संस्थाबाट विभिन्न स्वास्थ्य सामग्री र उपकरण जुट्दै गएकाले दाताप्रति मन्त्री घिमिरेले धन्यवाद व्यक्त गरे । उनले कोरोनाको उपचारपछि प्रदेश सरकारले कोभिड अस्पतालमा नयाँ कार्यक्रम सुरु गर्ने बताए ।

 

यसअघि कोभिड अस्पतालाई विराटनगर राउण्ड टेवल नम्वर ५ र काठमाडौंं मेट्रो राउण्ड टेवल नम्वर ४ ले संयुक्तरुपमा २ वटा आइसीयु बेड हस्तान्तरण गरेको थियो ।

 

त्यस्तै, करुणा फाउण्डेसनले सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा स्पाइनल इन्जुरी भएका ३९ जना अपाङ्गता भएका व्यक्तिलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ । साथै फाउण्डेसनले सामाजिक विकास मन्त्रालयलाई १ सय थान व्यक्तिगत सुरक्षा उपकरण पनि उपलब्ध गराएको बताएको छ ।