
सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन बिदा नीति अघि सारेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यस्तो नीति अघि बढाउन थालेको जानकारी गराएका हुन् ।
‘तत्काल विदेशी धेरै पर्यटक ल्याउन सकिने अवस्थामा छैन । अब हामीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने हो,’ सोमबार नेपाल आर्थिक पत्रकार समाज सेजनले गरेको अन्तर्क्रियामा मन्त्री भट्टराईले भने, ‘आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पवर्यटन बिदा दिन सकिन्छ, सरकारी, निजी, संगठित वा असंगठित सबै क्षेत्रलाई १ महिना पर्यटन बिदा भयो भने पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्छ । ‘
कर्मचारीलाई निश्चित प्याकेज दिएर पर्यटन बिदा दिने सोचमा सरकार रहेको छ ।
नेपालको पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी रहेको पर्टन मन्त्रालयले जनाएको छ । यसबाट ७ लाख २० हजारले राेजगारी पाएका छन् ।