महामन्त्रीमा गगन थापाको अग्रता, विश्वप्रकाश दोस्रोमा

नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले जारी मतगणनाको प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्।

१०० मत गन्दा गगनले ७० मत पाएका छन्।

बिज्ञापन

अर्का उम्मेदवार विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन्। उनले ३४ मत पाएका छन्।

प्रकाशशरण महतले ३१, प्रदीप पौडेल २७ र मीनेन्द्र रिजालले २१ मत पाएका छन्।

महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् भने मीनेन्द्र र गगन शेखर कोइराला प्यानलबाट उठेका हुन्।

विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन्।