निजि विद्यालयका संचालक भुसालको शव फेला, २ जना पक्राउ

सुखड : कैलालीको मसुरियामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका संचालक कृष्ण भुसाल मृत फेला पछि हिजो उनीसँगै रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

बिहिबार साँझ एक जना साथीले बोलाए पछी उनी मसुरियाबाट ८ किलोमीटर पूर्वतर्फ रहेको घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारतर्फ पुगेका थिए ।

 

पहलवानपुरको एक होटेलमा साथीसँगै मदिरा सेवन गरी साईकलमा घर फर्कदै गर्दा गएराती गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका संचालक कृष्ण भुसाल मृत फेला परेका थिए ।

 

मृतकको आँखा, मुख, र घुडामा चोटपटक लागेको देखिएको छ । शरिरका धेरै ठाउँमा चोट पटक देखिएकाले हत्या भएको परिवारले बताएका छन । प्रहरीले अनुसन्धानका लागि उनीसँगै मदिरा पिएका साथी र होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुखड जनाएको छ ।