
काठमाडौं । साहित्यकार तथा समालोचक तारानाथ शर्मा (ताना शर्मा) को पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनको मंगलबार बिहान आफ्नै निवास सरस्वती नगर चाबहिलमा भएको थियो ।
उनप्रति श्रद्धाञ्जली अर्पण गर्न साहित्यअनुरागीका साथै शुभेच्छुकहरु आर्यघाट पुगेका थिए ।
१९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए ।
झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् ।
उनका श्रीमती र दुई छोरा छन् ।