
एजेन्सी । ४७औं संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा साविक विजेता ब्राजिलले कोलम्बियामाथि रोमाञ्चक जित निकालेको छ । समूह चरणको खेलअन्तर्गत बिहीबार बिहान सम्पन्र भएको खेलमा ब्राजिलले कोलम्बियामागि २–१ गोलको जित निकालेको हो ।
ब्राजिलको जितमा फिर्मिनो र क्यासेमिरोले एक–एक गोल गरे । कोलम्बियाका लागि लुइस डियाजले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने कोलम्बियाले बनाएको थियो । उसका लागि १०औं मिनेटमा डियाजले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक शुन्य गोलले पछि परेको ब्राजिलले दोस्रो हाफको खेलको ७८औं मिनेटमा फिर्मिन्होले गोल गरेपछि ब्राजिल खेलमा फर्कियो ।
त्यसपछि खेलको इन्ज्युरी समयमा क्यासेमिरोले गोल गरेपछि ब्राजिल २–१ गोलले विजयी भएको हो ।
उक्त जित सँगै समूह ‘बी’को शीर्ष स्थानको ब्राजिलले तीन खेलमा ९ अङ्क जोडेको छ । ब्राजिल यसअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको छ । चार खेल खेलेको कोलम्बिया चार अङ्कका साथ दोस्रो स्थानमा छ ।