
दमक/ दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको बैठकले अत्यआवश्यकीय खाद्य सामाग्रिका पसलहरु दैनिक २ घण्टा खोल्न दिने निर्णय गरेको छ । हप्तामा दूईदिन खोल्दा झन् भिडभाड बढेको र जोखिम पैदा भएको भन्दै दैनिक १२ देखि २ बजेसम्म दैनिक उपभोग्य खाद्य सामाग्रि पसलहरु खुला रहनेछन् ।




यस्तो छ दमक नगरपालिका, कोरोना भाइरस‚रोकथाम तथा नियन्त्रण समन्वय समितिको सूचना

दमक नगरपालिका
कोरोना भाइरस‚रोकथाम तथा नियन्त्रण समन्वय समितिको सूचना ।।।
• भोली २०७७ साल वैसाख १७ गते देखि लकडाउन अवधिभर अत्यावश्यक बस्तु तथा सेवा आपूर्तिका लागि निम्न अनुसारको ब्यबस्था गरिएको छः-
1. अत्यावश्यक बस्तुहरु खाद्यान्न‚ तरकारी र ग्याँस हरेक दिन दिउँसो १२.०० वजे देखी २.०० वजे सम्म
दिनको २ घण्टा मात्र खरिद बिक्री गर्न पाइनेछ । अरु समय पसल बन्द गर्नुपर्नेछ । तोकिए बाहेक अरु
सामग्री बिक्री वितरण गर्ने पसल लकडाउन अवधिभर वन्द रहनेछन् ।
2. अत्यावश्यक दैनिक उपभोग्य बस्तुहरु बिक्री गर्ने पसलहरुले सामाजिक दुरी कायम हुने गरी
उपभोक्तालाइ लाइनमा राख्ने ब्यबस्था गरेर मात्र विक्री गर्न पाइने छ । अन्यथा विक्री गर्न पाइने छैन ।
3. दुधमात्र विक्री गर्ने पसलहरु दैनिक विहान ६.०० बजेदेखी ८.०० बजेसम्म २ घण्टामात्र खुल्ला गर्न
पाइनेछ ।
4. औषधीजन्य पसलहरु साविक बमोजिम नै खुल्ला रहनेछन् ।
5. अत्यावश्यक कामका लागि घर वाहिर निस्किदा सामाजिक दुरी कायम हुने गरी १ जना ब्यक्ति मात्र
निस्किन पाइनेछ ।
6. होम डेलिभरीको व्यवस्था कायमै राखिएको छ।
7. माथि लेखिएका कुराहरु उलङ्घन गरेमा कानुन वमोजिम कारवाही हुनेछ ।
घरभित्रै बसौःकोरोना भाइरसबाट बचौं र बचाउँ ।