
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को अन्तिमसम्म कोरोना भाइरसको खोप बन्ने निश्चित भएको बताएका छन् ।
ट्रम्पले टेलिभिजन च्यानल फक्स न्युजसँगको अन्तवार्ताको बेला सो बताएका हुन् । अन्तवार्तामा उनले नागरिहरूले उठाउका प्रश्नहरूको पनि जवाफ पनि दिए ।
कोभिड–१९ खोप सम्बन्धी प्रश्नमा ट्रम्पले भने– ‘म विश्वस्त छु कि यस बर्षको अन्त्यसम्म हामी खोप पत्ता लगाउने छौं।’
यस वर्षको सेप्टेम्बरमा स्कुल खोल्ने प्रश्नको जवाफमा ट्रम्पले भने– पाको उमेरका शिक्षकहरूमा संक्रमणको बढी जोखिममा पर्ने हुन सक्छ र उनीहरू चिन्तित छन् । तर थपे– ‘स्कुल खोलिनु पर्छ।’
उनले कोरोनाका लागि प्रजातान्त्रिक नेताहरूको आलोचना गरे र भने कि यदि भाइरसको कारण स्थिति खराब भयो भने यो उनको राजनीतिक हितमा हुनेछ।
कोरोना भाइरसका कारण अहिलेसमम अमेरिकामा ११ लाख ८८ हजार १ सय २२ जना संक्रमित भएका छन् भने ६८ हजार ५ सय ९८ जनाको मृत्यु भइसकेको छ ।