सहमति विपरीत क्वारेन्टाइनबाट नेपालीलाई फिर्ता पठाउँदै भारत

कपिलवस्तु, २६ वैशाख । भारतीय सुरक्षा अधिकारीले क्वारेन्टाइनमा राख्न भनी लगेका ८८ जना नेपालीलाई रात परेलगत्तै छाडिदिएका छन् ।

 

बिज्ञापन

करिब २ घण्टा नबित्दै भारतीय सुरक्षाकर्मीहरुले उनीहरुलाई भारतका आफ्ना आफन्तजन वा पुन नेपाली सुरक्षाकर्मीहरुले थाहा नपाउने गरी नेपाल तर्फ सीमासीमा पार गर्न भनी छोडिदिएका हुन् ।

 

भारतीयहरुले छाडे पनि ८८ जनामध्ये केही लुकी छिपी सीमा पार गरी गाउँ फर्केका छन् भने अधिकांश फेरि सीमा क्षेत्रमै आएपछि अलपत्र परेका छन् । भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीलाई भारत सरकारले व्यवस्थापना गर्ने र नेपाली क्षेत्रमा अलपत्र परेका भारतीयलाई नेपालले व्यवस्थापन गर्ने नेपाल भारत दुई देशबीच सहमति भए पनि सहमतिलाई भारतीय पक्षले कार्यान्वयन गरेको छैन ।

 

जस कारण दैनिकजसो सीमा क्षेत्रमा भारतबाट लखेटिएर आउने सर्वसाधारणको संख्या बढ्दोछ । बुधबार साँझसम्म जिल्लाका विभिन्न सीमा क्षेत्रमा ४ सय बढी सर्वसाधारणहरु अलपत्र परेका छन् । कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारतका विभिन्न शहरबाट लखेटिएका सर्वसाधारणहरु नेपाल भारत सीमा क्षेत्रमा आउने क्रम बढेको हो । याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।