राप्रपाको उदाहरणिय कार्य, नगरपालिकालाई गर्‍यो आर्थीक सहयोग

झापा: झापाको गौरादह नगरपालिकाले सञ्चालन गरेको प्रकोप व्यवस्थापन कोषमा राप्रपा गौरादह नगर समितिले नगद २५ हजार नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

 

बिज्ञापन

कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्याउने उद्देश्यले नगद हस्तान्तरण गरिएको हो । राहत हस्तान्तरण गर्दै राप्रपा गौरादह नगर अध्यक्ष शान्तिराम पौड्यालले पहिलो चरणको सहयोग गरिएको र आगामी दिनमा आवस्यक परे आफ्नो पार्टी जस्तोसुकै सहयोग गर्न पनि पछी नपर्ने बताए ।

 

पार्टी द्वारा प्रदान गरिएको नगद ग्रहण गर्दै  नगर प्रमुख  रोहित कुमार साहले राष्ट्रिय प्रजातन्त्र पार्टीको उच्च प्रसंसा समेत गरे । अनौपचारिक रूपमा आयोजित हस्तान्तरण कार्यक्रममा राप्रपा नगर सचीव रमेशकुमार थापाको समेत उपस्थिति रहेको थियो ।