नर्समा कोरोना संक्रमण : ललितपुरस्थित आरोग्य प्रतिष्ठान सिल

ललितपुरस्थित आरोग्य प्रतिष्ठानलाई प्रहरीले सिल गरेको छ । आरोग्य प्रतिष्ठानमा कार्यरत भक्तपुर बस्दै एक २५ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टी भएपछि प्रहरीले निदान अस्पतलासँगै रहेको प्रतिष्ठानलाई सिल गरेको हो ।

 

बिज्ञापन

लकडाउनअगाडि सुनसरीस्थित घर पुगेकी ती महिला केही दिनअघि मात्रै काममा फर्केकी थिइन् । तर उनलाई काममा लगाउनुअघि पिसिआर टेस्ट गर्ने भन्दै परीक्षण गराइएको थियो ।

 

टेस्टमा उनी पोजेटिभ देखिएपछि उनलाई लिन र पुराउन जाने आरोग्य प्रतिष्ठानका एम्बुलेन्स चालकलाई पनि संक्रमणको आशंका गरी पूरै प्रतिष्ठानलाई सिल गरिएको हो ।

 

एम्बुलेन्स चालकको सम्पर्क प्रतिष्ठानकै अन्य कर्मचारीसँग पनि भएको कारण प्रतिष्ठानलाई पूरै सिल गरिएको हो ।