
काठमाडौंः पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली हान्न सक्ने अधिकार दिएको छ ।

बिज्ञापन



हिजो प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो अधिकार दिएको हो ।

गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुई जना कोरोना संक्रमित शौचालय जाने बहानामा भागेका थिए । प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा कोरोना संक्रमित अस्पतालबाट भागेका थिए ।