दिवेश बने अमेरिकन आइडलको उपविजेता

काठमाडौं– नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता उप–विजेता बनेका छन् । उनी अन्तिम २ मा पुगेका थिए । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो ।

 

बिज्ञापन

अमेरिकी गायन रियालिटी शो ’अमेरिकन आइडल’को १९ औं संस्करणको विजेता जस्ट साम   भएकी छन् ।

 

पोखरेल आर्थर गनको नामबाट प्रतिष्पर्धा गरिरहेका थिए । दिवेशले गेभिन डिग्रको ’आइ डोन्ट वान्ट टु बि’ बोलको गीतमा आफ्नो प्रस्तुति दिदैं उत्कृष्ट पाँचमा पुगेका थिए।

 

प्रतियोगिताको अन्तिम दुईमा पुगेका दिवेशले दुई वटा प्रस्तुति दिएका थिए ।

 

हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै दिवेश फाइनलमा पुगेका थिए । अमेरिकन आइडलको उपविजेता बन्ने उनी पहिलो नेपाली हुन् ।

 

कोरोनाको महामारीका कारण अमेरिकन आइडलले भर्चुअल प्रस्तुति गर्दै आएको थियो ।