झापामा आजै थपिए ९ जना कोरोना पोजेटिभ : देशभर काेराेना संक्रमितको संख्या ३ सय ९० पुग्यो 

प्रदेश १ मा मंगलबार ११ जना कोभिड १९ संक्रमित थपिएका छन्।

 

झापाका ९ जना र सुनसरीका दुई जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। त्यसमध्ये १७ जना उपचारपछि घर फर्केका छन्। झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ। कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो।

 

सोमबार कचनकवलकै एक जनामा संक्रमण देखिएको थियो। उनकै सम्पर्कमा रहेका थप नौ जनामा संक्रमण देखिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

 

योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ ।

 

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा इटहरी सुनसरीका एक व्यक्तिमा कोरोना पुष्टी भएको छ ।

 

इटहरी २ नम्बर वार्डको बताइएका १८ वर्षीय पुरुष केहि दिनदेखि प्रतिष्ठानको आइसोलेसनमा उपचाररत थिए ।

 

यस्तै, एक जना सशस्त्र प्रहरी जवानको पनि रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ । ससस्त्र प्रहरी भन्ने भएपनि उनि कुन स्थानमा कार्यरत हुन् भन्ने पत्ता लागेको छैन ।

 

यो संगै सुनसरीमा संक्रमितको संख्या ३ पुगेको छ ।