कार्यदल बैठकअघि भीम रावल नेपालनिवास कोटेश्वरमा
काठमाडौँ : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् ।

एमाले विवाद समाधनका लागि गठित कार्यदलको नेता नेपाल पक्षका संयोजकसमेत रहेका रावलले कार्यदलको बैठक बस्नुअघि नेपालसँग छलफल गरिरहेका जनाइएको छ ।

बिज्ञापन

आजै बिहान रावल र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कार्यदलका सदस्यसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलबीच सिंहदरबारमा छलफल भएको थियो ।

कार्यदलको बैठक साढे ११ बजेपछि बस्ने भनिए पनि सुरु हुन सकेको छैन ।

आजको बैठकबाट ठोस निर्णय हुन सक्ने नेताहरुले बताएका छन् ।

हिजो साँझ ओली र नेपालबीच दुई घण्टा वार्ता भएको थियो । नेताहरुले आजको बैठकमा ठोस सहमति हुने दाबी गरेका छन् ।