
काठमाडौं, ०७ जेठ । काठमाडौंमा कार्यरत २ जना नेपाल प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिनअघि पीसीआर विधिमार्फत परिक्षण गरिएका २ प्रहरीको कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएको हो ।

बिज्ञापन



महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको प्रहरी स्रोतले बताएको छ । स्वास्थ्य मन्त्रालयले यसबारे कालिमाटी वृतलाई जानकारी गराइसकेको र त्यहाँ कार्यररत सबै प्रहरीको पीसीआर परिक्षण गर्ने तयारी थालिएको छ ।
