
झापा । झापा जिल्लाको दक्षिणी सिमानामा सुरुमा खटिएका सुरक्षाकर्मी माथि लगातार आक्रमण भइरहेको छ । झापाको कचनकवल गाउँपालीकाको भारतीय सिमा क्षेत्रमा भारतीय पक्षले नेपाली सुरक्षाकर्मी माथि आज शुक्रबार पनि आक्रमणको प्रयास गरेका छन् ।
कचनकवल गाउँपालीका वडा नम्बर १ स्थित पथरिया र घेराबारीको बिचमा पर्ने चम्मरभिट्टाको भारत नेपाल सिमा पिल्लर नम्बर १२२ र १२३ को विचबाट आज बिहान जबरजस्ती नेपालतर्फ प्रबेश गर्न खोजेका भारतीयहरुलाई नेपाली प्रहरिले रोकेपछि भारतीयले नेपाली सुरक्षाकर्मी माथि आक्रमण गरेका हुन् ।
सिमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीहरुलाइ भारतीय पक्षले आक्रमण गरेपछि सशस्त्र प्रहरीले उनिहरुलाई लखेटेको थियो । भारतीयपक्षको आक्रमणबाट सशस्त्र प्रहरीका एक हवल्दार सामान्य घाईते भएको जानकारी प्राप्त भएको छ ।
उक्त ठाउँमा भारतीय पक्षले खेती लगाएको र उनिहरु बाली उठाउनका लागि नेपाल तर्फ प्रबेस गर्न खोजको बताईएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दिका कारण सिमा क्षेत्र सिल गरिएकोले नेपाली भुमिमा भारतीय हरुले लगाएको बाली उठाउन भारतीय नागरिकहरु आउन खोज्दा सिमामा समस्या भैरहेको सो क्षेत्रका प्रदेश सांसद बसन्त बानियाँले जानकारी दिएका छ्न ।
यश अघि पनि दुई पटक भारतीय पक्षले नेपाली सुरक्षाकर्मीलाई आक्रमण प्रयास गर्दा सुरक्षाकर्मीले हबाइ फायर गरि उनिहरुलाइ धपाएको थियो ।