
दार्चुला : प्राध्यापक डाक्टर गोविन्द केसीको १८औं पटक अनशनमा बसेका छन् । दार्चुला सदरमुकाम खलंगामा मंगबार बिहानबाट अनशन सुरु गरेको केसीका सहयोगी प्रितम सुवेदी बताए। अनशन दुई दिनेरहेको पनि सुवेदीले जानकारी दिए।
उनले यस पटकको अनशनमा सीमाञ्चलका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौम सत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका हुनुपर्ने माग राखेका छन् ।
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न तत्काल सरकारले प्रक्रिया सुरु गर्नुपर्ने, डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका स्थानमा मेडिकल कलेज खोल्ने प्रक्रिया छिटो अघि बढाउनु पर्ने माग पनि डाक्टर केसीले राखेका छन्।
केसीका १८औँ सत्याग्रहका मागहरु
१.दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस् ।
२.भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गरियोस् ।
३.गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस् ।
हामीसित यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस् ।